नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले केपी ओली नेतृत्वको सरकार निर्माणमा आफू सहभागी नभएको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको नयाँ सरकार गठन प्रक्रियामा आफू सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘म यो सरकार गठन प्रक्रियामा संलग्न सांसद होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले प्रतिनिधि सभा बैठकमा भनेका छन् ।