Connect with us

अर्थ

कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारण सभा

Published

on

कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.