Connect with us

अर्थ

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

Published

on

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो। 

यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराइको राजिनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरे पछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।

तर, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.