Connect with us

समसामयिक

‘एयरहोस्टेज’ को उमेर हद ५० वर्ष पुर्‍याउन सरकार सहमत

Published

on

विमान परिचारक-परिचारिका (एयरहोस्टेज) हरुको ४५ वर्षे उमेर हद ५० वर्ष पुर्‍याउन सरकार सहमत भएको छ।

४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका एयरहोस्टेज (क्याबिन क्रु) हरुसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आज शनिबार वार्ता गरी ५० वर्ष बनाउन तयार रहेको जानकारी दिएका छन्।

एयरहोस्टेजहरुसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले उनीहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, पीडाको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए।

सरकारको सहमतिसँगै विमान परिचारक÷परिचारिकाहरुले हड्तालका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता गरेका मन्त्री पाण्डेले जानकारी दिए।

एयरहोस्टेजहह्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो।जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए।

नेपाल वायु सेवा निगमले विमान परिचारक÷परिचारिकाहरुको ४५ वर्ष उमेर हद नवीकरण नगरेपछि असोज १६ यता उनीहरू चरणवद्ध आन्दोलनमा थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.