Connect with us

खेलकुद

इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

Published

on

पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।

इङल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिंगमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.