Connect with us

अन्तर्राष्ट्रिय

हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू

Published

on

हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ । खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अल जजीरा अरेबिकले खान युनिसमा जारी बन्दी रिहाई समारोहको स्थानबाट रिपोर्ट गर्दै भनेको छ ‘सबैजना सात बन्दीहरू अर्बिल येहुदा, अर्का इजरायली बन्दी र थाई कामदारहरूलाई स्थानान्तरण गर्नका लागि गाडी पर्खिरहेका छन्।’

‘हामीले प्रत्यक्ष देखेको यो गाडीमा उनीहरु सबै छन्, शहीद याह्या सिनवारको घरको भग्नावशेषमा पुगेका छन्, जहाँ हस्तान्तरण कार्यक्रम हुनेछ,’ अलजजिराले भर्खरै जनाएको छ ।

त्यसका लागि आईसीआरसीका कारहरू पार्क गरिएका छन् र कारहरूमा रहेका सबैजना हस्तान्तरणका लागि याह्या सिनवारको घरको भग्नावशेषमा जाँदैछन्, त्यसपछि त्यहावाट बन्दीहरूलाई स्थानान्तरण गरिनेछ ।इजरायली बन्दीहरू, थाई कामदारहरू र आइसीआरसी टोलीहरू प्यालेस्टिनीको भीडको बीचमा १०० मिटरसम्म हिंड्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.