प्रहरीले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीइ सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । अनि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुर, पुरानो ठिमी कमेरोटारस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताएका छन् ।
प्रहरी प्रसाईंलाई पक्राउ गर्न भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ पुरानो ठिमी कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट खोल्न आनाकानी गरेपछि कम्पाउण्ड नाघेर भित्र प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।