Connect with us

अर्थ

एचआइडीसीएलको आम्दानी घट्यो, ६ महिनामा कमायो ५२ करोड २३ लाख

Published

on

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । एचआइडीसीएलले ५२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हा । यो गत वर्षको यसैअवधिको तुलनामा ३०.६२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ७५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको वित्तीय आम्दानी २९.५९ प्रतिशतले घटेर ७५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको ग्राहकसँगको सम्झौता (कन्ट्याक) बाट हुने आम्दानी पनि १ करोड २३ लाख रुपैयाँबाट घटेर ४७ लाख ३ हजारमा झरेको छ । 

२४ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एचआइडीसीएलको जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँबाट घटेर ४.२५ पैसा (वार्षिक) मा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ रहेको छ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.