Connect with us

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा

Published

on

हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.