गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् ।
मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्कालन कार्यान्वयन गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
समितिले रास्वपा सभापति रवि लामिछानेसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र छबिलाल जोशीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।