Connect with us

राजनीति

गृहमन्त्री लेखकले कोशी प्रदेशका संघीय सांसदहरुसँग केबलकार विवाद बारे छलफल गर्दै

Published

on

पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताए ।

यस अघि समितिले गत सोमबार केबलकारको निर्माण बन्द गरेर बार्तामा आउन आग्रह गदै एक अपिल सार्बजनिक गरेका थिए ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.