Connect with us

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच सयौं युद्धबन्दी आदानप्रदान

Published

on

संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्थतामा रुस र युक्रेनले सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बन्धकमा राखिएका १५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला बदली गरेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीले १८९ युक्रेनी नागरिक घर फर्किएको बताएका छन् । उनले भने, ‘रिहा भएकाहरूमा अजोभस्टल र मारिउपोलका रक्षकहरू छन, जो चेर्नोबिल आणविक उर्जा केन्द्र र स्नेक आइल्याण्डमा कार्यरत रहेका थिए ।’

मे २०२२मा  रूसले दक्षिणपूर्वी युक्रेनी बन्दरगाह सहर मारिउपोललाई जित्नको लागि एक महिना लामो लडाई पछि विजयको घोषणा गरेको थियो । सो शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्ने लडाकुहरूले आत्मसमर्पण गरेका थिए ।

रुसी सेनाले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमणको सुरुमा देशको उत्तर पश्चिममा चेरनोबिल कब्जा गरेका थिए तर अहिले सहमति पछि प्लान्टको नियन्त्रण ती युक्रेनी कर्मचारीहरूलाई फिर्ता दिएका छन् ।

यसैगरी, सन् २०२२ मा स्नेक आइल्याण्ड पनि कब्जामा लिएको थियो र युक्रेनी सिपाहीहरूलाई बन्दी बनाइएको थियो । तर तीनलाइ पनि रूसी बन्दीहरूलाई साटासाट गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

जेलेन्स्कीले सोमबार रिहा भएका दर्जनौं सैनिक, सार्जेन्ट, सीमा गार्ड र अफिसरमध्ये मारियुपोलमा पक्राउ परेका दुई नागरिक रहेको जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.