Connect with us

अन्तर्राष्ट्रिय

अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टै कागजात

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ नियम लागू गरेको छ, जसअनुसार अमेरिकामा बसोबास गर्ने सबै आप्रवासी, चाहे उनीहरू एच १ बी भिसा वा विद्यार्थी भिसा जस्ता कानूनी भिसामा छन्, उनीहरूले २४ घण्टा कानुनी कागजात बोक्नु पर्ने भएको छ।

ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो ।

यो नियमको उद्देश्य अमेरिकामा बस्ने गैरकानुनी आप्रवासीमाथि कडाइ गर्नु हो। यो नियम लागू गर्न अमेरिकी अदालतबाट स्वीकृति प्राप्त भएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.