Connect with us

अर्थ

सन् २०२५ मा नेपालमा भित्रिए साढे ११ लाख पर्यटक

Published

on

सन् २०२५ मा नेपालमा साढे ११ लाख विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, यस वर्ष ११ लाख ५८ हजार चार सय ५९ पर्यटक भित्रिएका हुन् । जसिमध्ये ९८ हजार १९० पर्यटक पछिल्लो डिसेम्बर महिनामा मात्र भित्रिएका छन् ।

जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९७ प्रतिशत हो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । भारतबाट दुई लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकाबाट एक लाख १२ हजार ३१६ पर्यटक आएका छन् ।

तेस्रो स्थानमा चीनबाट ९५ हजार चार सय ८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.