Connect with us

राजनीति

गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

Published

on

गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचौँ जितको खोजीमा छन् भने उनीसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोविन्द पन्थी प्रत्याशी छन् ।

पुराना उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि विगतमा गरेका गतिविधिलाई मतदाताले समीक्षा गरेका छन् भने नयाँ उम्मेदवारहरुको योगदान पनि सामाजिक सुधार एवं विकासप्रति निरन्तर सक्रिय रहेकाले मतदाताले कसलाई रोज्छन् भन्न कठिन छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.