Connect with us

अन्तर्राष्ट्रिय

पुटिनलाई साक्षी राखेर मोदी भन्छन्, ‘भारत र रुस नयाँ चुनौतीका लागि तयार छन्’

Published

on

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन् । भारत भ्रमणमा आएका पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले न्यानो स्वागत गरे । मोदी र पुटिनले दिल्लीमा महत्त्वपूर्ण बैठक गरे ।

यी दुई नेताले एक-अर्काको तारिफ गरे । भारत र रुसको मित्रताका बारेमा चर्चा गरे । भारत र रुसको २३औँ शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । बीबीसीका अनुसार मोदीले भारतप्रतिको गहिरो मित्रताका लागि पुटिनलाई धन्यवाद दिए । ‘राष्ट्रपति पुटिनको यात्रा यस्तो समयमा भइरहेको छ, जब हाम्रो साझेदारी २५ वर्ष पहिले राखेको निबमा अझ बढी मजबुत भएको छ । यो भ्रमणले साझा ब्यापारको नयाँ दिशा दिनेछ,’ बीबीसीले मोदीलाई उद्धृत गर्दै लेखेको छ ।

मोदीले रुस र युक्रेनबीच जारी युद्धका बारे पनि टिप्पणी गरे । त्यससम्बन्धमा भारतले शान्तिपूर्ण समाधानलाई समर्थन गरेको मोदीको भनाइ थियो । भारतले शान्तिपूर्ण र स्थायी समाधानको प्रयासलाई समर्थन गर्ने उनको भनाइ छ । मोदीले पुटिनलाई साक्षी राखेर भारत र रुसको मित्रता नयाँ चुनौतीको सामना गर्नका लागि तयार रहेको पनि सन्देश दिए । ‘रुसले आतंकवादविरुद्ध भारतको लडाइँमा हमेसा समर्थन गरेको छ । भारत-रुस मित्रता नयाँ चुनौती सामना गर्नका लागि तयार छ,’ मोदीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

पुटिनले पनि आफूहरूबीच समय(समयमा टेलिफोन कुराकानी भइरहने बताए । उनले पनि भारतसँगको मित्रता निकै मजबुत रहेको उल्लेख गरे । ;रुस र भारतको सम्बन्ध निकै मजबुत छ । हाम्रो सम्बन्ध अर्थव्यवस्थासँग जोडिएको मुद्दासमेत थुप्रै क्षेत्रमा मजबुत छ,’ पुटिनले भनेका छन् । उनले भारत र रुसबीच रुबल र रुपये (रुसी र भारतीय मुद्रा) मा व्यापार हुने गरेको पनि बताए ।

अमेरिकाले भारतमाथि रुसी इन्धन नकिन्न दबाब बढाइरहँदा पुटिनले भारतलाई बिनारोकटोक इन्धन आपूर्ति गर्ने बताए ।
एजेन्सी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.