Connect with us

अन्तर्राष्ट्रिय

भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने

Published

on

भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने भएको छ ।

आइसीसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले आइसीसीको निर्णय अनुसार तटस्थ स्थानमा हुने भारतका खेल युएईमा गर्ने निर्णय गरेको हो ।

जस अनुसार भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३, आइतबार हुने भएको छ । भारत र पाकिस्तान समुह ए मा बंगलादेश र न्यूजील्याण्ड रहेका छन् । त्यस्तै भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्ने भएको छ र न्यूजील्याण्डसँग मार्च २ मा हुने भएको छ । यी सबै खेल दुबईमा हुने बताइएको छ ।

आसीसीले पाकिस्तानले भारत क्रिकेट खेल्न पाकिस्तान नजाने अडान लिएपछि भारतले खेल्ने खेलहरु तटस्थ स्थानमा हुने र बाँकी खेलहरु पाकिस्तानमै हुने निर्णय गरेको थियो । सो निर्णय अनुसार आइसीसीले आयोजकको हैसियतमा तटस्थ स्थानको तय गर्ने अधिकार पाकिस्तानलाई नै दिएको थियो । 

एकदिवसीय फर्म्याटमा हुने च्याम्पियन्स ट्रफीको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । फेब्रुअरी १९ देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले न्यूजील्याण्डको सामना गर्दै छ ।

च्याम्पियन्स ट्रफीको समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रीका रहेका छन् । योसँगै भारत सेमिफाइनल र फाइनलमा पुगेमा दुवै खेल युएईमा नै हुने भएको छ । दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल खेलहरु मार्च ४ र ५ मा हुने छन् भने फाइनल खेल मार्च ९ मा हुने छ ।

आइसीसी च्याम्पियन्स ट्रफी यसअघि आठ पटक सम्पन्न भएको छ । जसमा अहिलेसम्म अस्ट्रेलिया र भारतले २-२ पटक जितेका छन् । भारत र श्रीलंका २००२ मा संयुक्त विजेता बनेका थिए । त्यस्तै न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक पटक जितेका छन् । त्यसैगरी अफगानिस्तान भने पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दै छ ।
      

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.