Connect with us

समसामयिक

२७ यात्रुको निधन भएको भारतीय बस मर्स्याङ्दीबाट निकालिँदै, साढे तीन घण्टा पृथ्वीराजमार्गको आवागमन बन्द हुने

Published

on

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट गत शुक्रबार (७ भदौमा) मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बर प्लेटको बस निकाल्न आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा सो समय राजमार्ग बन्द गरी बस निकाल्न लागेको जनाएको हो।आज बिहान ६:३० देखि १०:०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने छ ।

दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ । यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियाे। जसमा  २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको छ। दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार जारी छ।
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.