Connect with us

अन्तर्राष्ट्रिय

ह्रवाइट हाउस ध्वस्त गराउन खोज्ने भारतीयलाई अमेरिकामा ८ वर्ष जेल

Published

on

अमेरिकामा बस्दै आएका २० वर्षीय भारतीय नागरिक साई वर्षित कान्डुलालाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।

वर्शीथमाथि भाडाको ट्रकमार्फत ह्वाइट हाउसमा आक्रमण गर्ने प्रयास गरेको आरोप लागेको थियो, जो पुष्टी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अमेरिकी अदालतले सन् २०२३ को मेमा भएको सो आक्रमणको उद्देश्य राष्ट्रपति जो बाइडेनको सरकारलाई ध्वस्त पार्ने उदेश्यले गरिएको पुष्टी भएको छ, जसलाइ आरोपित बर्षितले पनि स्वीकार गरेका छन् । वर्शिथको नाजी विचारधाराद्वारा प्रेरित थिए र वाइडेनलाइ अर्को तानाशाहीसँग दाँज्दै उनले वाइडेनको सरकार प्रतिस्थापन गराउने उदेश्यसहित ह्रवाइट हाउसमा भाडाको ट्रकले ठोक्कयाउने कोशिश गरेका थिए । 

अहिले अमेरिकी जिल्ला अदालतका न्यायाधीश डब्नी फ्रेडरिकले ह्वाइट हाउसमा आक्रमणको प्रयासमा साई वर्षित कान्डुलालाई दोषी ठहर गरेका छन्। अदालतले दोषीलाई ८ वर्ष कैद र करिब ५७ हजार डलर जरिवानासमेत तोकेको छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.