Connect with us

समसामयिक

पर्साबाट स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

Published

on

पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन्। उनलाई पर्सा, वीरगन्ज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको लम्सालले बताए।

यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना१४प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.