Connect with us

समसामयिक

भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्वीकार, नपाउने भईन ओलम्पिक पदक

Published

on

भारतीय स्टार खेलाडी विनेश फोगाटले पेरिस ओलम्पिकको रजत पदक नपाउने भएकी छिन । विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार उनको अपील अस्वीकार गरेको जनाएको छ । 

फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्टमा फैसला हुने भनिए पनि उनको अपिल १४ अगस्ट मै खारेज गरिएको हो  । 

अदालतको यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.