Connect with us

अन्तर्राष्ट्रिय

आणविक सम्झौताको वार्ता गर्ने ट्रम्पको प्रस्ताव इरानद्वारा अस्वीकार

Published

on

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् ।

ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिदै खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’ सँग वार्ता नगर्ने बताएका छन् । ट्रम्पले पत्रमार्फत इरानले आणविक सम्झौताको वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्न सक्ने चेतावनी दिएका थिए ।

संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन् ।

ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्नको लागि नयाँ सम्झौता गर्न चाहेको बताएका छन् । शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिएको र अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने बताएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.