Connect with us

अन्तर्राष्ट्रिय

युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु

Published

on

कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।

तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा फेरि विस्फोट गराएको हो । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा हालै इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका छन् ।

गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बिहीबार अर्थात १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “बुधवार अर्थात १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।’ एजेन्सीका प्रवक्ताले अगाडी भने, “इजरायली आक्रमणमा परी ज्यान गुमाउनेमा २३ बालबालिकाका साथै २५ जना महिला पनि रहेका छन् ।’

उही समयमा, इजरायली रक्षा बलले बिहीबार भन्यो कि, ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्बत्र आलोचना भइरहेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.