Connect with us

अन्तर्राष्ट्रिय

युद्दबिराम लागु हुनु भन्दा अगाडी इजरायलको हमला जारी

Published

on

इजरायली सेनाले गाजामा आक्रमण गरिरहेको छ। 

प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार इजरायली सेनाले मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा आवासीय भवनहरू उडाएको छ।

इजरायली सेनाले उत्तरी गाजा सहरमा हवाई आक्रमण र दक्षिणी रफाह सहरमा गोलाबारी समेत गरेको उल्लेख छ । हताहतको बारेमा तत्काल कुनै जानकारी आएको छैन।

इजरायल हमास युद्धविराम लागू हुन केही घण्टा बाँकी रहेका बेला यी आक्रमणहरू भएका हुन्।

प्यालेस्टिनी सिभिल डिफेन्सले बुधबार युद्धविराम सम्झौता घोषणा भएदेखि इजरायली सेनाले कम्तीमा १२२ प्यालेस्टिनीहरूलाई मारेको जनाएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.