Connect with us

समसामयिक

जय ट्रफी क्रिकेट हुँदै, उदघाटन खेलमा मधेस र बागमती मैदानमा

Published

on

आजदे्खि मधेस प्रदेशमा जय ट्रफी पुरुष एलिट कप सुरू हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी आज पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुर र अर्को ठूलो सहर वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, वागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

आजको उदघाटन खेलमा मधेस प्रदेश र बागमती प्रदेशका बीचमा भीडन्त हुनेछ । मधेस प्रदेशवाट हरिशंकर साहले कप्तानी गर्नेछन भने वागमतीवाट सन्दिप लामिछानेले कप्तानी गर्नेछन् ।

मधेशः
हरिशंकर साह (कप्तान), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहिल पटेल, अभिषेक तिवारी ९उपकप्तान०, भुलवन सहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमान्शु दत्त, राहुल मण्डल, सैलेन्द्र साह

बागमती
सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, विपिन आचार्य, शुभ कशांकार, रोहन विके, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.