नेपालकै सर्वाधिक ठूलो राशीको नेपाल प्रिमियम लिग (एनपिएल) क्रिकेट प्रगियोगिताको आज मध्यान्ह अन्तिम प्रतिस्पर्धा हुँदैछ । क्रिकेटका करोडौं फ्यानहरु यो रोचक प्रतिस्पर्धाका धैर्यतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।
आज हुने प्रतिस्पर्धाको टिकट अस्तिकै दिन ‘सोल्ड आउट’ भइसकेको छ । यसले पनि क्रिकेट महाजात्राको यो प्रतिस्पर्धाप्रति फ्षनहरु कति उत्सुक छन् भन्ने देखाउँछ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १२ बजेबाट जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्सले प्रथम पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टसलाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदुरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टसबीच भव्इ प्रतिस्पर्धा हुँदैछ ।
प्ले अफमा जानु अघि सुदूरपश्चिम रोयल्स १२ अंकका साथ शीर्ष स्थानमा थियो भने जनकपुर बोल्टस १० अंकसहित दोस्रो स्थानमा थियो ।
आज हुने भव्इ फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।