Connect with us

राजनीति

जनार्दनको आरोप, ‘खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’

Published

on

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफू माथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् ।

माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत लिखित मस्यौदामार्फत सो आरोपको पुष्टि गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन । 

‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेर पनि तिब्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा पुग्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराए पछि सुन्नेहरुलाई पार्टी फुटने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन, ‘फुटाउने कसले हो भनेर भनिदिए पछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटदैँछ र भन्ने सोध्ने गरेका छन ।’

उनका अनुसार माओवादी बिभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको बिषय बन्न पुगेको छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.