Connect with us

समसामयिक

शत प्रतिशत मतसहित जीवनराम श्रेष्ठ एनओसीको अध्यक्षमा तेस्रो पटक निर्वाचित

Published

on

नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मत मध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन् । योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन् । 

तर, मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रकियामा सामेल भएनन् । अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहका बिचमा श्रेष्ठले तेस्रो कार्याकालका निर्वाचित भएका हुन् । 

उता, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपाल सुन्दर कक्षपति दावी गरेका छन । ओसिएले निर्वाचनलाइ बैधानिकता दिएको उनको दावी छ ।

सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेका कारण चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ । अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।

यसअघि श्रेष्ठ दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन । जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।

श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले एक मत पनि प्राप्त गर्न सकेनन् । अन्य पदाधिकारी र कार्यसमितिका सदस्यहरू यसअघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.