Connect with us

खेलकुद

कर्णालीले काठमाडौंलाइ दियो १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । आज भएको पहिलो खेलमा कर्णालीले काठमाडौंलाइ १५० रनको लक्ष्य दिएको हो । 

अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रनको लक्ष्य पाएको हो । आजको खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भएका छन् ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो । यसअघिका पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको प्रयासमा जुटेका छन ।

कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित हुदाँ पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेटले पराजित भएर आज मैदानमा उत्रेका हुन ।


 

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.