Connect with us

राजनीति

कास्की प्रहरीले रवि लामेछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझायो सरकारी वकीललाई, तीन मुद्दा प्रस्ताव

Published

on

सहकारी घोटलामा मुछिएका पुर्वउपप्रधान तथा गृह मन्त्री रवि लामेछानेविरुद्धको प्रहरी छानबिन सकिए पछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामेछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक अब दर्ता हुनेछ ।

संघीय संसदका सांसद सुर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरे पछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएकाे छ । त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा लामिछानेलाइ उभ्याउने छ । 

कास्की प्रहरीका अनुसार लामिछाने बिरूद्द सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएकाे  हो ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.