Connect with us

समसामयिक

बुढानीलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ

Published

on

काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो।

छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी आफैं आइतबार बेलुका बुढानिलकण्ठ पुगेका थिए।

अधिकारीका अनुसार शंकास्पद गतिविधिको सूचना आएपछि प्रहरी टोली गएर घरमा छापा मारेको हो। यसक्रममा केही व्यक्तिहरू पक्राउ परेको अधिकारीले बताए।

‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’

अधिकारी एक साताअघि मात्रै परिसरमा नयाँ प्रमुख भएर गएका थिए। अधिकारीले के कति व्यक्ति पक्राउ परेको र के कस्तो विवरण हो विस्तृत विवरणबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.