Connect with us

समसामयिक

सुदूरपश्चिम रोयल्ससँग काठमाडौँ गुर्खाज पराजित

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले निरन्तर दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेर दोस्रो जित दर्ता गरेको हो ।

सुदूरपश्चिम रोयल्सका स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौँ गोर्खाज ७३ रनले पराजित हुन पुग्यो । प्रतिस्पर्धामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौँविरुद्ध पाँच विकेट नै लिएका थिए ।

आजको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलन अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरी ४३ रन मद्दतमा १६७ रनको स्कोर खडा गर्न सफल भए ।

काठमाडौँ गोर्खाज १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोडेर असफलता हात पार्यो । काठमाडौँका स्टेफन स्किनाजीले ३७ रन जोडेका थिए । सुदुरपश्चिमका नरेनले ३.५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएर जित सुनश्चित गरेको थिए भने अविनाश बोहराले दुई विकेट लिएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.