Connect with us

अन्तर्राष्ट्रिय

राष्ट्रपतिलाइ हटाउने/नहटाउने बारे कोरियाली सत्तारूढबीच छलफल हुँदै

Published

on

दक्षिण कोरियाका प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरू र राष्ट्रपति कार्यालयका सल्लाहकारहरूले अपरान्ह १२ बजे आपतकालीन बैठक गर्ने तय भएको छ । स्थानीय समय अनुसार बुधबार १२ बजे उक्त बैठक बस्ने कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

यो बैठकले राष्ट्रपति युन सुक येओलको अल्पकालीन मार्शल ल लागु गरे पछि उत्पन्न परिस्थितिका बारेमा थप निर्णय लिनेछ । राष्ट्रपति युनले हिजो अचानक मुलुकमा सैनिक शाषन लागु गरेका थिए, त्यसको केही घन्टामा नै त्यहाँको संसदले १९०–० मतको आधारमा उनको कदममाथी रोक लगाएको थियो । सत्तारूढ दलको बैठकमा राष्ट्रपति युन सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भने भइसकेको छैन्।

युनले राजनीतिक अभिष्ट पुरा गर्न मार्शल ल लागु गराउन खोजेको भन्दै तिब्र आलोचना भएको छ, त्यो पनि आफ्नै सत्ताधारी पीपुल पावर पार्टीबाट पनि ।जसका कारण युन नेतृत्वको सम्पुर्ण मन्त्रिपरिषद्को राजीनामा र रक्षा मन्त्री किम योङ ह्युनको बर्खास्त गर्नको लागि विचार गरिरहेको योनहापले जजनाएको छ । उसका अनुसार युनको राजीनामा माग्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

प्रतिपक्ष दलले भने उनी माथी महाअभियाेग लगाउनु  पर्ने माग राखेकाे छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.