Connect with us

राजनीति

केन्द्रकै मोडलमा कोशीमा काँग्रेस-एमाले सहमति

Published

on

कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ । सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ ।

सहमति अनुसार अब छिट्टै काँग्रेस सरकारमा जाने भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.