Connect with us

राजनीति

केपी ओली कपका लागि एफसी र मछिन्द्र क्लब दोस्रो सेमिफाइनलमा भिड्दै

Published

on

काठमाडौँमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै छ । 

आयोजक केपी ओली एफसी न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.