Connect with us

राजनीति

लामिछाने र जोशीलाई आज अदालतमा पेश गरिदै

Published

on

सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ । 

लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो भने जोशीलाई गत असोज ७ गते पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । त्यस्तै कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको लागि थप भएको म्याद आज सकिदैछ ।

प्रहरीले लामिछानेलाई आज म्याद थप गरेर बयानका लागि रुपन्देही लैजाने तयारी गरेको बताइएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.