Connect with us

समसामयिक

सहकारी ठगी प्रकरणः रवि लामिछाने पक्षधर कानून व्यसायीको बहस सुरू

Published

on

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिलले थुनछेक बहस सुरू गरेका छन् ।

सोमबारदेखि पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कार्तिक २ गते देखी कास्की प्रहरी हिरासतमा रहेका छन्।

आजवाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अधिवक्ताले बहस गर्दैछन ।

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.