Connect with us

राजनीति

स्थानीय तह उपनिर्वाचनः ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता

Published

on

स्थानीय तहमा रिक्त ४२ पदको उपनिर्वाचनका लागि चार सय सात जनाको मनोनयन पत्र दर्ता भएको छ । नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष चार गरी रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
दुई जिल्लाका समन्वय समिति प्रमुखका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धनुषा जिल्लामा सबैभन्दा धेरै, रुकुम पूर्व र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारी दर्ता भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा सबैभन्दा धेरै २१ जना र रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ एवम् बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा सबैभन्दा कम तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

आज ३ मंसिर हान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र भोलि ४ मङ्सिर अपरान्ह ५ बजेसम्म उजुरी उपर जाँचबुझ तथा निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मङ्सिर ५ गते उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
आयोगका अनुसार मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.