Connect with us

समसामयिक

धुम्रपान नगर्नेमा पनि बढदै छ फोक्सोको क्यान्सरः रिपाेर्ट

Published

on

विश्वभर फोक्सोको क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको छ । यो रोगले धुम्रपान गर्नेलाई बढी असर गरिरहेको छ तर सबैभन्दा ठूलो चिन्ता भनेको ध्रुमपान नछोएका मानिसहरूमा पनि देखिन थालेको छ ।

ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो केही वर्षमा चुरोट पिउनेहरूको संख्या तीव्र रूपमा घटेको देखाएको छ। यसका बाबजुद पनि फोक्सोको क्यान्सरका केसहरू भने निरन्तर बढिरहेको अचम्मको रेकर्ड बताएको छ । 

यस्तो अवस्थामा धुम्रपान नगर्नेलाई किन क्यान्सर हुन्छ, आज जानौं ।

ल्यान्सेटमा प्रकाशित रिपोर्ट अनुसार सन् २०२२ मा ५३.७० प्रतिशत फोक्सोको क्यान्सर चुरोट नपिउने मानिसमा देखिएको थियो । रिपोर्टका अनुसार यसको सबैभन्दा ठूलो कारण विश्वको बिग्रिएको हावापानी र मौसम हो । बढ्दो वायु प्रदुषणको खतरनाक असर फोक्सोको क्यान्सर बढ्दै गएको देखिन्छ । यसको जोखिम भारत, चीन र थाइल्याण्ड जस्ता देशमा सबैभन्दा बढि देखिएको छ ।

फोक्सोको क्यान्सर एक धेरै खतरनाक र गम्भीर रोग हो। यसमा फोक्सोका कोशिकाहरू अत्यधिक मात्रामा बढ्न थाल्छन् र एकै ठाउँमा जम्मा भएर ट्युमर बन्छ, जसले फोक्सोको क्यान्सर निम्त्याउँछ। इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार धुम्रपानसँगै वायु प्रदूषण पनि फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारण मानिएको छ । 

ल्यान्सेटको अध्ययनले सन् २०२२ मा विश्वभरका महिलामा फोक्सोको क्यान्सरका ९ लाख बिरामीमध्ये ८० हजार प्रदूषित हावाका कारण भएको देखाएको थियो ।

उसो भए, फोक्सोको क्यान्सरका लक्षणहरू के के हुन् ? त यो पनि जानिराखौं । जसअनुसार लगातार खोकी, खोक्दा रगत निस्कने, आवाजको कर्कशता, अलिकति हिँडेपछि गल्ने, छाती र काँधमा लगातार दुखाइ, सधैं थकान महसुस, अनुहार, हात र काँध सुन्निने, छातीको माथिल्लो भागमा सुन्निने, भोक नलाग्ने र द्रुत वजन घटने अवस्था यसका लक्षणहरू हुन् ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.