Connect with us

राजनीति

मधेस मुलका नेताहरु आज एउटै मञ्चमा उभिँदै

Published

on

तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज विचार मन्थन हुँदैछ । मधेशी एकता समाजले ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरी विभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाई एकै ठाउँमा भेला गर्दैछ ।

मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू बिभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन् । जसअनुसार सो संबाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् ।

सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.