Connect with us

समसामयिक

महाकुम्भ सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन

Published

on

भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । 

आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो ।  बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।

प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ ।  कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ । स्थानिय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन् । संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी ब्यवस्था मिलाइएकाे छ ।

आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् । ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् ।

साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन् । उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन । अब कल्पवास पनि गर्ने छिन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.