Connect with us

समसामयिक

गैडाको खागसहित झापामा एक पक्राउ

Published

on

लागूऔषध र गैडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध पिएभन स्पास प्लस १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान बरामद गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.