Connect with us

समसामयिक

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ

Published

on

ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।

सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।

हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.