Connect with us

राजनीति

माओवादी नेता माझीसहित गाउँ नै एमालेमा प्रवेश

Published

on

पछिल्लो समय रौतहटमा नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ। एमाले नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासी सहित जिल्लाको गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।

नेकपा एमाले गुजरा नगर कमिटी द्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरी स्थित वडा प्रत्याशी काजीमान माझी मावाेवादि पार्टी  परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।

माओबादी नेता माझी संगै सिंगो सिमरी गाउँनै माओबादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी  नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रिय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशी लाई माला र टिका लगाएर  स्वागत गरेका थिए।

कार्यक्रममा भुमी आयोग केन्द्रिय सदस्य आरती भन्डारी, पुर्व राज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भुमी आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटि सद्स् एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवालि, मेयर प्रत्यक्षी शेख एक्रामुल, संगै एमालेका जिल्ला कमिटी  पदादिकारि ,नगर अध्यक्ष जयराम चाैधरि,  लगायतको उपस्थिती रहेको थियो। वडा प्रत्याशी माझी माओबादी सशस्त्र द्वन्दकाल देखिनै माओबादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। माओबादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको न्युज कारखाना लाई बताएका थिए।

एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ। करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेश गरेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.