Connect with us

राजनीति

प्रचण्ड सहभागी हुने कार्यक्रममा विद्यालय बन्द गर्न माओवादीको दबाब

Published

on

माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ । 

मोरङको कानेपोखरीमा फागुन १३ गते मंगलबार माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु आउने र जागरणसभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न दवाब दिएका छन् । स्थानीय तह निर्वाचनमा कानेपोखरी गाँउपालिकामा एकजना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन् ।

सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुदै छ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत्र ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.