Connect with us

अर्थ

‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’

Published

on

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो ।

कोषले विज्ञप्तिमा भनेको छ- ‘भगवान् श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन । राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.