Connect with us

अर्थ

सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता

Published

on

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिए) नेपालले आज काठमाडौंमा भएको एउटा कार्यक्रममा (पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही खण्ड) को ४० किलोमिटर सडक स्तरोन्नतिका लागि ‘शर्मा–कुमार जोइन्ट भेन्चर’ सँग ठेक्का सम्झौता गरेको छ ।

यसमा नेपालमा पहिलोपटक ‘फुल डेप्थ रिक्लेमेसन’ र ‘सुपरपेभ’ प्रविधि प्रयोग गरिनेछ, जसले सडकलाई ७ मिटर क्यारिजवे र दुवैतर्फ २.५ मिटर सोल्डरसहित १२ मिटर चौडा बनाइनेछ ।

यसैगरी, धानखोला-लमही स्तरोन्नति र नारायणघाट-मुग्लिङ सडक खण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि ‘इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालि’ सँग ३७ लाख डलरको सम्झौता भएको छ । दुवै ठेक्काको कूल लागत साढे ३ अर्ब छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.