अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् ।
“हामी उहाँहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,” ट्रम्पले अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सङ्केत गर्दै भने । उनले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाएनन् । ‘कडा वक्तव्य दिने’ बताए । राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग हिजो सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुगेका छन् ।
ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ । नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मङ्गलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
रुटको ओभल अफिसको आज सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि खुला रहने छैन । ट्रम्पले भनेका छन्,, “हामी मूलतः उनीहरूलाई सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ र उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्नेछन् ।” “यो हाम्रो लागि व्यापार हुनेछ,“ ट्रम्पले थपेका छन्, ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्याएका छन् ।
“पुटिनले धेरै मानिसहरूलाई आश्चर्यचकित पार्का छन् । उनले दिनमा राम्रो कुरा गर्छन त्यसपछि साँझमा व्यापक गोलावारी छोड्छन्,” न्यूजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कने क्रममा ट्रम्पले भनेका छन् गत हप्ता ट्रम्पले पुटिनले युक्रेनबारे वासिङ्टनमाथि ‘बकवास’ गरेको आरोप लगाएका थिए । गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै ट्रम्पले युक्रेनमा जारी युद्धलाई छिटो अन्त्य गर्न रुसी नेतासँग मिलेर काम गर्न सक्ने बताएका थिए ।
तर रुसले अमेरिका र युक्रेनले प्रस्ताव गरेको युद्धविरामको प्रस्तावलाई महिनौंदेखि अस्वीकार गर्दै आएको छ । ट्रम्पले मस्कोमाथि प्रतिबन्ध लगाउन आफू तयार रहेको सङ्केत गरेका छन् । त्यसैका लागि अमेरिकी संसदमा निवारक प्याकेजको लागि गति बढिरहेको छ । रुसविरुद्ध कुनै कर लगाउने कि नलगाउने भन्ने प्रश्नमा ट्रम्पले भने, “ठीक छ, हामी भोलि के आवश्यक देख्ने छौँ रु त्यही गर्नेछौँ ।”
गोरखापत्र
✏️ टिप्पणी लेख्नुहोस्