Connect with us

राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Published

on

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्।

राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ।

प्रधानमन्त्री ओली आगामी १७ असोजमा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.