Connect with us

समसामयिक

संघीय संसदका ४ वटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका चारवटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारमा बस्नेछ । 

जसअनुुसार अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने सचिवालयले जनाएको छ । सो बैठक बिहान ११ः०० बजे बोलाईएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको समितिको बैठक भने दिउँसो १ः०० बजे बोलाईएको छ । जुन बैठकमा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य र प्रमुख सचेतक, सचेतकहरु छलफल गरिनेछ ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पुरानै अजेन्डा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुरानै बिषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धि छलफलले निरन्तरता पाउनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाईएको संसद सचिवालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.